पी सी एन / लुम्बिनी पत्र
पाँचथर, मंसिर ४ । गृह मन्त्रालय मातहतको राष्ट्रिय परिचय पत्र पञ्जिकरण विभागले पूर्वी पहाडी जिल्ला पाँचथरवाट परिचय पत्र वितरण थालेको हो ।
गृहमन्त्री रामवहादुर थापाले र पाँचथरकी ज्येष्ठ नागरिक १ सय २ वर्षीया भगवतीदेवी भण्डारीलाई परिचय पत्र दिंदै वितरणको शुभारम्भ गरे ।
पञ्जिकरण विभागले हालसम्म राष्ट्रिय परिचय पत्रका लागि पाँचथरका ५२ हजार सर्वसाधारण र सिंहदरवारमा कार्यरत ३ हजार ५ सय कर्मचारीको विवरण संकलन गरि सकेको छ । विवरण संकलन सँगै परिचय पत्र छपाइ पनि सकिएकाले अव कार्ड निरन्तर जारी हुने बताइएको छ ।
राष्ट्रिय परिचय पत्र पञ्जिकरण विभागका महानिर्देशक दिपक काफ्लेले पहिलो पटक पाँचथरका १ लाख १० हजार नागरिक सहित सिंहदरवारमा कार्यरत ७ हजार कर्मचारी गरी कुल १ लाख १७ हजारलाई पाइलटिङका रुपमा परिचय पत्र वितरण गर्ने सरकारी निर्णय अनुसार परिचय पत्र वितरण थालिएको बताउनुभयो । चालु आर्थिक वर्षमा थप १५ जिल्लामा परिचय पत्र वितरण गरिने राष्ट्रिय परिचय पत्र पञ्जिकरण विभागका महानिर्देशक काफ्लेले बताउनुभयो । पञ्जिकरण विभागले ३ वर्ष्भित्र सबै नागरिकका हात–हातमा राष्ट्रिय परिचय पत्र र्पुयाउने लक्ष्य लिएर अगाडी बढेको उनको दावी छ ।
राष्ट्रिय परिचयपत्रमा एउटा ‘चिप्स’ राखिएको छ, जसमा व्यक्तिको नागरिकता र अन्य जैविक विवरण समावेश हुन्छ। जैविक विवरण अन्तर्गत व्यक्तिको फोटो, १० औंलाको छाप, हस्ताक्षर हुन्छ। कार्डमा १० वटा नम्बर (डिजिट) हुन्छ, र सोही आधारमा व्यक्तिको पहिचान गरिन्छ।
गृहमन्त्री मार्फत विभागले तामझामका साथ राष्ट्रिय परिचयपत्र वितरण शुरु गरे पनि नागरिकले यसको तत्काल उपयोग गर्न भने सक्दैनन्।
विभागका निर्देशक शिवराज जोशी मन्त्रिपरिषद्बाट निर्णय भएपछि मात्र यसको उपयोग गर्न सकिनेछ । उनका अनुसार, परिचयपत्रमा अहिले व्यक्तिको नागरिकता र जैविक विवरण मात्र समावेश गरिएकाले आर्थिक कारोबार गर्ने लगायतका अन्य सुविधा थप्न सरकारले कानून बनाउनुपर्छ। तर, ती कानून बनिसकेको छैन।
x
Comments
Post a Comment